काठमाडौँ, १५ मङ्सिर २०७६ ।१३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज एक समारोहबीच त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभएकाे थियाे ।

सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व  प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । उद्घाटन सागको अन्य संस्करणभन्दा पृथक, भब्य हुने छ । साग खेलको पूर्वसन्ध्यामा चारवर्ष लगाएर पुनर्निमाण गरिएको दशरथ रङ्गशाला आकर्षक एवम् मनमोहक बनाइएको छ ।

औपचारिक उद्घाटन अगाडि सातै देशका सहभागी खेलाडीहरूले मार्च पास्ट गरेका थिए । दशरथ रङ्गशालाको बाहिरि तथा भित्री दृश्यले अन्तर्राष्ट्रिय रङ्गशालाको स्वरुप ग्रहण गरिसकेको छ । उद्घाटन समारोहमा रङ्गशाला सजिव देखिएको थियो विद्युतीय सजावटले बाहिरि आकर्षण थप्दा भित्र हुने कार्यक्रमले सागलाई अन्य संस्करणभन्दा पृथक बनाएको थियो ।

उद्घाटन समारोह तीन घण्टा १४ मिनेट चल्ने तय भएको छ । समारोहमा हिमाल, पहाड, तराई–मधेशको झाँकी, भेषभूषा समेटिएको नेपालको विविधतापूर्ण संस्कृतिको झल्को दिइएको थियो उद्घाटन समारोहमा १५ हजार दर्शक रङ्गशाला भित्र रहने अनुमान गरिएको छ । भित्र उद्घाटन समारोह चलिरहँदा बाहिरको वातावरण समेत ‘साग’मय बनाउन राष्ट्रिय खेलकुद परिषद्ले २५ स्थानमा ठूला स्क्रिनमा भित्रको गतिविधिको प्रत्यक्ष प्रसारणको व्यबस्था मिलाएको छ समारोहमा सहभागी सातवटै देशका खेलाडीले मार्चपास गरेका थिए ।

करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्