Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:१३ बिहान
- ADVERTISEMENT -

 नेपालको ऐतिहासिक जित

प्रकाशित मिति: २०७६ मंसिर १५, आइतबार

779
Shares

काठमाडौं, १५ मङ्सिर २०७६ । १३ औ दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबल विधामा नेपाल स्वर्ण पदको होडमा स्थान सुनिश्चित गरेको छ ।

दोस्रो सेमीफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधिको होडमा स्थान सुनिश्चित गरेको हो । साग महिला भलिबलमा नेपालको यो अहिलेसम्मकै उच्च प्रदर्शन हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरको कभर्ड हलमा शनिबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा जित हात पारेको हो । जितसँगै नेपालले स्वर्ण पदकका लागि भारतसँग स्पर्धा गर्नेछ । भारतले शनिबार नै सम्पन्न खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

लिग चरणमा एउटै समूहमा रहेको भारत र नेपाल एक अर्काको सामना गरिसकेको छ । लिग चरणमा नेपालले चुनौती दिदादिदै अब्बल प्रतिद्वन्दी भारतसँग ३–० को हार बेहोरेको थियो । शनिबार दोस्रो सेमीफाइनल खेलमा श्रीलङ्का विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले भारत विरुद्ध स्वर्ण पदकका लागि हुने खेलमा समेत निरन्तरता दिन आवश्यक देखिएको छ ।

यसअघि दक्षिण एसियाली खेलकुदमा नेपालले तीन पटक कास्य पदक जितेको थियो । सन् १९९९, २००६ र २०१६ मा नेपालले जितेको कास्य पदक नै महिला भलिबलमा उत्कृष्ट प्रदर्शन थियो । उपाधिको लागि स्थान सुनिश्चित गरेसँगै नेपालले कम्तिमा रजत पदक पाउने पक्का गरेको हो ।

पहिलो र दोस्रो सेटमा पछि परेको श्रीलङ्काले तेस्रो सेटमा जोडदार वापसी गरेको थियो । ११–१२ को स्थितिबाट अगाडि बढेको नेपाललाई श्रीलङ्काले २३–२० र २४–२१ सम्म पछ्याएको थियो । तर ब्लक गर्न आएको श्रीलङ्काली स्पाइकरलाई छक्याउँदै स्पाइकर प्रतिभा मालीले रिक्त स्थानमा बल खसाल्दै नेपालको ऐतिहासिक जित सम्भव बनाउनुभयो ।

तेस्रो स्थानको लागि माल्दिभ्सले सोमबार श्रीलङ्काको सामना गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -