काठमाडौं, १३ मङ्सिर २०७६ । प्रधानमन्त्री केपी ओली डिस्चार्ज हुन अझै एक हप्ता लाग्ने अनुमान गरिएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरि एक हप्तामा उहाँ डिस्चार्ज हुने जानकारी दिनु भएको छ ।
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको तीन दिनपछि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पत्रकार सम्मेलन गर्दै चिकित्सकहरुले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्रीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी डा दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा कुनै हतारो नभएको जानकारी दिनुभयो ।








































