काठमाडौँ, १३ मंसिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनका क्रममा हुने मार्चपासमा देशको नेतृत्व गर्दै देशको राष्ट्रिय झण्डा बोक्ने अवसर राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानको हैसियतबाट उनलाई आगामी आइतबार हुने उदघाटन मार्चपासमा सहभागी गराउन लागेको जनाइएको छ ।
यसैगरी सागको दीप प्रज्वलन गर्ने अवसर कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टलाई प्रदान गरिने भएको छ ।









































