काठमाडौं, १३ मंसिर २०७६ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ ।
नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।
घटनास्थल पिपरा गाउँपालिका वडा नम्बर ३ स्थित पिपरा गाउँ पुगेका रातोपाटीकर्मी किरण कर्णले प्रेसर कुकर बम विस्फोट भएको बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको महाेत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।
मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन ।








































