गोरखा, १२ मङ्सिर २०७६ । पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले आफूले मेयर भएवापत प्राप्त गरेको भत्ताले बिपन्न नागरिकको स्वास्थ्य विमा गर्न सुरु गर्नु भएको छ ।
आफु मेयर भए वापत विभिन्न भ्रमण, गोष्ठी तथा तालिमका क्रममा प्राप्त गरेको भत्ताले नगरपालिका भित्रका बिपन्न नागरिकको स्वास्थ्य बिमाका लागि खर्च गरिने बताउनु भएको छ ।
उक्त घोषणा अनुसार पालुङटार नगरपालिका वडा न ४ निवासी कृष्णबहादुर घर्तीको परिवारको स्वास्थ्य बिमा गराउनु भएको हो । अबदेखि औषधी किन्न तथा उपचारमा सहयोग पुगेको भन्दै घर्तीले खुसी ब्यक्त गर्नु भयो ।
सबै नगरबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि विपन्नको स्वास्थ्य विमा गर्न सुरु गरेको मेयर कडेंलले जानकारी दिनु भयो । ‘सरकारले गरीबलाई निशुल्क स्वास्थ्यविमा भनेपनि कार्यान्वयनमा समस्या छ । त्यसैले भत्ताको रकमले गरिबको बिमा गरिदिएको हुँ ।’ भन्नुभयो ।
भत्ताको रकमले सम्बन्धित वडा कार्यालयको सिफारिसमा प्रत्येक वडाका ५ परिवारको स्वास्थ्य विमा गर्ने योजना रहेको जानकारी दिनुभयो । स्वास्थ्य बिमाको परिमार्जित नियम अनुसार तिन हजार पाचँ सय रुपैयाँले पाच जनासम्मको परिवारको स्वास्थ्य बिमा हुनेछ । उनीहरुले हाल ५० हजार र साउनदेखि एक लाख सम्मको सेवा प्राप्त गर्नु हुनेछ । पाँच जना भन्दा माथिको परिवारले भने विमाका लागि प्रति ब्यक्ति थप सात सय रुपैयाँ थप्नुपर्नेछ । उहाले भन्नुभयो ।








































