काठमाडौं, १० मङ्सिर २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाबारे अस्पतालले एक विज्ञप्ति मार्फत औपचारिक जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको सफल शल्यक्रियापछि मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरले स्वास्थ्य सामान्य रहेको जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीलाई सोमबार रातभरी पेट दुखेर पखाला लागेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएका थिए ।









































