पोखरा, ९ मङ्सिर ९ २०७६। यहि मङ्सिर ६,७ र ८ गते पोखरामा भएको राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान नेपालको ७ औ केन्द्रिय महाधिवेशनबाट प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा गोरखाली गायक सागर गुरुङ बिजयी हुनु भएको छ ।
नेपाली लोक संस्कृतिमा आफ्नो गुरुङ जातीका बारेमा गीत मार्फत कला संस्कार, संस्कृतिको प्रचार प्रसार संरक्षण ,सम्बर्दन तथा आगामी पुस्तालाई मौलिक सालैजो, कौरा, ठाडो भाकालाई आम दर्शक स्रोता माझ निरन्तर रुपमा अघि बढाउदै आउनु भएका गोरखाली गायक हुन् सागर गुरुङ ।
गोरखा जिल्ला बारपाक सुलिकोट गाउपालिका वडा न ७ साबिकको पाच खुवा देउरालीमा जन्मनु भएका गायक सागर गुरुङले राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय सदस्यमा उमेदवारी धोषणा गर्नु भएको थियो ।
गुरुङ कलाकार संघको केन्द्रिय सदस्य, गुरुङ तमु समाजको महासचिब त्यसैगरी, रास्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रिय कोषाध्यक्ष समेत रहनु भएका गुरुङ विभिन्न संघ संस्थामा आबद्द हुनुहुन्छ ।
बि स २०५६ सालबाट गायन यात्रा सुरु गर्नु भएका गुरुङको फुलको थुङ्गा फेवातालमा डुंगा बहु चर्चित सालैजो झल्को मेटिन्छ, बैश जोबन (सालैजो), चिनो रुमाल (झ्याउरे )असिना झर्यो (सालैजो), कति दिन बस्छौ (सालैजो), सम्झनालाई गलबन्दी (झ्याउरे) निकै चर्चित रहेका छन् ।
गुरुङ कला, संस्कार, संस्कृति, भेषभुषा तथा सालैजोको प्रचार प्रसार संरक्षण सम्बर्दन गर्दै, पछिल्लो समयमा बिभिन्न अवार्ड प्राप्त गर्न सफल भएका गायक गुरुङ देशका कुना काप्चा देखि बिदेशी भुमीमा लोक गीतका कार्यक्रमहरुमापनि सफलताका मनोरंजन प्रदान गर्ने गायक गुरुङ सरल, मिलनसार, समाजसेबी नेपाली लोक गीत संगीतलाई माया गर्ने भएका कारण आफूले केन्द्रिय सदस्यमा अत्याधिक मतले विजय हासिल गरेकोमा सहयोगी सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।








































