Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४१:०८ बिहान
- ADVERTISEMENT -

ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट

प्रकाशित मिति: २०७६ मंसिर ५, बिहीबार

783
Shares

काठमाडौं, ५ मङ्सिर २०७६ । बिहिबार बिहान गोर्कण बिष्ट श्रम तथा रोजगार मन्त्रालय पुगे । उनी यसअघिको मन्त्रीको हैसियतमा नभई पूर्वमन्त्रीको हैसियतमा नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका थिए । हिजो मात्रै उनको मन्त्री पद खोसिएको थियो । मन्त्रालयमा केहीबेर उनले आफ्नो कार्यकालमा मन्त्रालयमा गरेका कामको बारे उल्लेख गरे ।

नवनियुक्त मन्त्री यादवलाई स्वागत र सफल कार्यकालको शुभकामना दिएर उनी आफ्ना सहयोगीसहित पैदल सिंहदरबार गेट बाहिर आए । उनका शुभचिन्तकहरुले अलि नराम्रो लाग्यो भन्दै विष्टसँग गुनासो पोखिरहेका थिए । विष्टले यो स्वभाविक प्रक्रिया भएको उल्लेख गरे । सडक छेउमा शुभचिन्तकसँग कुरा गर्दैै ट्याक्सी पर्खिएका विष्टले बा २ ज ५६७६ नम्बरको ट्याक्सी रोके ।  हात हल्लाउँदै ट्याक्सी चढेर माइतिघरतर्फ लागे ।

मन्त्रालयमा गरिएको स्वागत कार्यक्रममा निवर्तमान मन्त्री विष्टले मन्त्री यादवलाई स्वागत गर्दै यूवा र रोजगारीको क्षेत्रमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफूले सकेसम्म राम्रो काम गरेको बताए । आफ्नो कार्यकालमा काम गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै उनले आफु थप उर्जाका साथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया समेत दिए । उनले आफू मन्त्रालय बाहिर पनि थप क्रियाशील रहने बताए ।

आफ्नो कार्यकालमा जापानमा रोजगारीको ढोका खोलेको, बैदेशिक रोजगारीमा रहेका श्रमिकको हक हितका लागि काम गरेको, विदेशमा घाइते, अंगभंग भएका श्रमिकको उद्धार गरेको उल्लेख गरे । रोजगार सम्बन्धी ऐन, सम्पूर्ण स्थानीय तहमा रोजगार सिर्जना केन्द्र स्थापना, स्वदेशमा १ लाख ८७ हजारलाई रोजगारी सिर्जना गर्ने काम गरेको बताएका थिए ।  श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा ल्याउन सफल भएको र १ लाख १५ हजार श्रमिक सूचिकृत भएको उल्लेख गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -