Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:१० दिउँसो
- ADVERTISEMENT -

जापान सरकारले नेपालबाट कृषि क्षेत्रमा आवश्यक कामदार लैजान इच्छुक

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

678
Shares

काठमाडौं, ४ मङ्सिर २०७६ । जापान सरकारले नेपालबाट कृषि क्षेत्रमा आवश्यक कामदार लैजान इच्छुक देखिएको छ । त्यसका लागि जापान सरकारले नेपालमा छिट्टै सीप तालिम तथा भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।

भेटका क्रममा नेपाल र जापानबीच भएको समझदारीअनुसार विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भयो ।

जापानका राजदूत मासामिची साइगोले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताए । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिक रूपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने उनले प्रतिबद्वता व्यक्र गरे ।

जापानले नेपाली कामदारलाई आवश्यक सीपमूलक तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने जापानी प्रतिनिधिमण्डलले उल्लेख गरेको छ ।सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र जापानका कृषि, वन तथा मत्यपालनमन्त्री, मन्त्रालयका उप–महानिर्देशक टाकामी नाकाडाबीच भएको वार्तामा सुरुमा नेपालबाट कृषि क्षेत्रमा कामदार लैजाने नाकाडाले जानकारी दिए ।

उनका अनुसार त्यसअघि कामदारलाई त्यससम्बन्धि सीप तालिम र भाषा कक्षा छिट्टै सञ्चालन गरिनेछ । नेपालका लागि जापानी राजदूत सामीची साइगोसमेत सहभागी उक्त भेटघाटमा मन्त्री बिष्टले नेपाल सरकार र जापान सरकारबीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

उनले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको बताउँदै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने बताए ।

भेटमा विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । मन्त्री बिष्टले हाल चलिरहेको नर्सिङ केयर गिभर लिने प्रक्रियालाई चुस्त बनाउन जापान सरकारलाई अनुरोध समेत गरेका थिए ।

राजदूतले नेपालबाट जापानमा कृषि कामदार लैजान टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापानबीच भएको श्रम समझदारी अनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -