Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२०:४७ बिहान
- ADVERTISEMENT -

मुआब्जा तोक्न माग गर्दै बुढिगण्डकी प्रभावितद्धारा आजदेखि आन्दोलनको घोषणा

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

630
Shares

गोरखा, ३ कात्तिक २०७६ । बुढीगण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रका प्रभाबितहरुले तत्काल मुआब्जा निर्धारण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाट आर्खेत र खहरे क्षेत्रका प्रभावितहरु आन्दोलनमा उत्रिएका हुन् ।

स्थानिय जनप्रतिनिधी सहित राजनीतिक दल र प्रभावित क्षेत्रका बासिन्दाहरुको संयुक्त भेलाले  मङ्सिर ४ गतेदेखि ९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । प्रभावितहरुले दुवै जिल्लाका जिल्ला प्रसासन कार्यालय घेराउदेखि ध्याल्चोकमा रहेको आयोजनाको कार्यालयमा धर्ना दिनेसम्मको कार्यक्रम घोषणा गरेको बुढीगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले जानकारी दिनुभयो ।

‘जिल्ला प्रसासन कार्यालय गोरखामा ५ गते र ६ गते जिल्ला प्रसासन कार्यालय धादिङमा धर्ना दिने भेलाले निर्णय गरेको छ, उहाँले भन्नुभयो, ‘ ८ गतेसम्म पनि कुनै सुनुवाई भएन भने ध्याल्चोकमा रहेको आयोजनाको वातावरण मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना इकाइको कार्यालयमा ९ गते धर्ना दिने निणर्य भेलाले गरेको छ ।’ उहाँले आयोजनाले ४ बर्षदेखि प्रभाबित क्षेत्रका बासिन्दाको जग्गा रोक्का गरेको बताउनुभयो ।

दुवै जिल्लाका स्थानिय जनप्रतिनिधिहरुले समेत तत्काल मुआब्जा तोक्न माग गर्दै आन्दोलनमा एक्येबद्धता जनाएको आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिनुभयो । ‘हामीले पटक÷पटक सरोकारवालाहरुलाई भेटेर कि मुआब्जा निर्धारण गर्न कि क्षतिपूर्ती सहित जग्गा फुकुवा गर्न ध्यानाकर्षण गरायांै, उहाँले भन्नुभयो, ‘त्यति गर्दा पनि प्रभावित क्षेत्रका जनताका मागको कुनै सुनुवाई नै नभएपछि सर्घषमा उत्रन बाध्य भएका हौं ।’

आयोजनाको डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत तथा धादिङ तर्फको आरुघाट र खहरे बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । पहिलो चरणको आन्दोलनबाट सुनुवाई नभए दोस्रो चरणको आन्दोलन समेत घोषणा गरेर अघि बढ्ने उहाँले बताउनुभयो । मुआब्जा निर्धारणको माग गर्दै सरोकार समितिले बिभिन्न समयमा आन्दोलन पनि गर्दै आएको छ ।

यसअघि गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको जनप्रतिनिधिले प्रभावित क्षेत्रका बासिन्दाको भेला गरि गएको कात्तिक २६ गतेसम्म मुआब्जा निर्धारण नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । आन्दोलनमा प्रभावित क्षेत्रका सवै राजनीतिक दलहरुले समेत एक्येबद्धता जनाएका छन् । स्थानीयले छिटो मुआब्जा निर्धारणको माग गर्दै सोमबार आरुघाट बजार दिनभर वन्द गरेका थिए ।

मुआब्जा निर्धारण समितिका संयोजक एवं गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मुआब्जा निर्धारण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गर्नुभयो । आयोजनाले डुवान क्षेत्रमा पर्ने गोरखा तर्फको आरुघाट र आर्खेत तथा धादिङ तर्फको आरुघाट र खहरे बाहेक अन्य क्षेत्रको भने मुअब्जा बितरण समेत गरिसकेको छ ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -