Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४०:५७ बिहान
- ADVERTISEMENT -

सूचना प्रवाहलाई सहज बनाउँछु : थापा

प्रकाशित मिति: २०७६ मंसिर ३, मंगलबार

535
Shares

काठमाडौँ, ३ मङ्सिर २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सूचना प्रवाहलाई सहज बनाउने बताउनुभएको छ ।

आज मङ्गलबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुभएका थापाले सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा सार्वजनिक गर्नुपर्ने सूचना छिटो र छरितो माध्यमबाट सञ्चार माध्यमसमक्ष समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा काम गरिसक्नुभएका अग्रजहरुको अनुभवसमेत लिएर सूचना व्यवस्थापनको काम गर्ने जानकारी दिनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारको रुपमा काम गर्दा ‘प्रेस नोट’ जारी गर्ने कार्यको सुरुवात गरेको चर्चागर्दै त्यसलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताउनुभयो । पत्रकार भेटघाटमा सहज रुपमा प्रधानमन्त्रीको सचिवालयबाट सूचना प्रवाह हुनुपर्ने सञ्चारकर्मीले सुझाव राखेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा शुक्रबार नियुक्त गरिएको थियो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सो पदमा नियुक्त गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका थापालले बुधबार साप्ताहिक र तत्कालीन नेकपा (एमाले) को मुखपत्र नवयुगको सम्पादकका रुपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -