Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:२४ बिहान
- ADVERTISEMENT -

अध्यक्ष बद्री पंगेनीको नेतृत्वमा खडा भएको भवनले प्रतिष्ठान तथा नेपाली लोकदोहोरी क्षेत्रमा एउटा ठुलो इतिहास कायम

प्रकाशित मिति: २०७६ मंसिर १, आइतबार

677
Shares

काठमाडौँ १ मङ्सिर २०७६ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आफ्नो केन्द्रीय भवन निर्माण सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालय राजधानी टोखा नगरपालिका वडा नं– ७ तिलिङ्गाटार धापासीमा निर्माणधिन भवनको आइतबार उद्घाटन गरिएको छ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उक्त भवनको उद्घाटन गरे । प्रतिष्ठानका वर्तमान अध्यक्ष बद्री पंगेनीको कार्यकालको अवधिमा भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

अध्यक्ष पंगेनीको नेतृत्वमा खडा भएको भवनले प्रतिष्ठान तथा नेपाली लोकदोहोरी क्षेत्रमा एउटा ठुलो इतिहास कायम गरेको छ । गत बैशाख २१ गते भवनको शिलान्यास गरी निर्माण कार्य सुरु गरिएको थियो । सुरु गरेको छोटो समयमै देश भरिकै लोकदोहोरी कलाकारहरुले आफ्नो साझा भवन पाएका छन् । गत बैशाखमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले उक्त भवनको शिलान्यास गरेका थिए ।

यसभन्दा अघि भाडामा केन्द्रीय कार्यालय चलाउँदै आएका कलाकारहरुले अब भने आफ्नै भवनमा कामकाज सुरु गरेका छन् । भवन निर्माणमा नेपाल सरकार, देशदेखि बिदेशमा रहेका सबै कलाकारलगायत विभिन्न ब्यक्तीहरुको सहयोगमा आर्थिक रकम जुटाएका थिए । भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेयर अधिकारीले कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै आफ्नै नगरपालिकामा भवन पनि निर्माण हुँदा खुशी ब्यक्त गरे ।

त्यसैगरी उनले सोही भवन निर्माणको लागि सरकारको तर्फबाट रु दश लाख बजेट पनि पारिदिएका थिए । कार्यक्रममा अध्यक्ष बद्री पंगेनीको प्रसंसा गर्दै उनले भने, ‘देशै भरिका कलाकारहरुको साझा भवन हाम्रो यही टोखा नगरपालिकामा खडा भएको छ, सुरु गरेको छोटो समयमै भवन निर्माण सम्पन्न गर्न बद्री जी को नेतृत्वमा सम्पूर्ण कलाकारहरु सफल हुनु भएको छ, आगामी दिनमा पनि मैले सक्ने ठाउँमा सहयोग गर्नेछु ।’

सोही क्रममा अध्यक्ष पंगेनीले भवन निर्माणमा आफ्नो नेतृत्व रहे पनि सबै कलाकारहरुको ठुलो योगदान रहेको बताए । विभिन्न माध्यमबाट आर्थिक रकम संकलन गरेर भवन निर्माण सम्पन्न गर्न महत्वपुर्ण भूमिका खेल्ने नेपाल सरकार, देशदेखि विदेशसम्म रहेका कलाकारहरु र विभिन्न व्यक्तिहरुलाई उनले धन्यवाद दिए । संस्थामा केही उदाहरणीय काम गर्छु भन्ने उदेश्यका साथ प्रतिष्ठानको छैठौं महाधिवेशनबाट अध्यक्षमा लडेर चुनाव जितेका पंगेनी संस्थाप्रति लागिपरेका थिए ।

उनको कार्यकाल भने यही मङ्सिर आठ गतेबाट सकिँदै छ । प्रतिष्ठानको ७औँ केन्द्रीय महाधिवेशन मङ्सिर ६, गतेदेखि सुरु भएर ८ गते पोखरामा सम्पन्न भएपछी अध्यक्ष पंगेनीले बिश्राम लिनेछन् भने संस्थाले अर्को नयाँ अध्यक्ष पाउनेछ । उद्घाटन कार्यक्रममा वरिष्ठ गायक नारायण रायमाझी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, इन्द्र जिसी, प्रेमराजा महत, अम्बर बिरही गुरुङलगायत धेरै कलाकर्मीहरुको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -