काठमाडौं, १ मंसिर २०७६ । काठमाडौं जेसीजको अध्यक्षमा जेसी मुकुन्द दाहाल सर्वसहमत निर्वाचित हुनु भएको छ ।
हिजो शनिबार सम्पन्न काठमाडौं जेसीजको ३७ औं अधिवेशन तथा ४९ औं साधारणसभाबाट अध्यक्षमा दाहाल चुनिनु भएको हो ।
अध्यक्षका प्रत्याशी जेसी पारस पोखरेलले काठमाडौं जेसीजलाई एकताबद्ध बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएर दाहाललाई समर्थन गर्नु भएको थियो ।
अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा जेसी अनुप सुनुुवार र जेसी रफी भण्डारी सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी, उपाध्यक्षहरुमा जेसी ध्रुव तिवारी, जेसी निरोज खतिवडा, जेसी नारायण आचार्य, जेसी हेम भण्डारी सर्वसम्मत चयन हुनु भएको हो ।
भ्रमण वर्ष सन २०२० का लागि सबै पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष जेसी मुकुन्द दाहालले काठमाडौं जेसीजको गरिमालाई उचो राख्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले वर्ष २०२० का लागि विधान अनुसारको मनोनयन गरेका छन् ।
जसअनुसार जेसी रामराज ओझा महासचिवमा मनोनित हुनु भएको छ । कोषाध्यक्षमा जेसी श्याम घिमिरे, सह कोषाध्यक्षमा रामेश्वर सिंखडा र सहसचिव कैलाश पोखरेल मनोनित हुनु भएको छ । अध्यक्ष दाहालले कार्यकारिणी उपाध्यक्षमा जेसी करुणा थापा र उपाध्यक्षहरुमा जेसी रितिका खरेल र प्रतिकमान सिंग्दनलाई मनोनित गरिएको छ । वर्ष २०२० को कानूनी सल्लाहकारमा कैलाश श्रेष्ठ मनोनित हुनु भएको छ ।
भ्रमण वर्ष २०१९ का अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले नवनिर्वाचित समितिले काठमाडौं जेसीजको गरिमालाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै बधाई ज्ञापन गर्नु भयो । काठमाडौं जेसीजले यही वर्ष आफ्नो स्थापनाको स्वर्ण महोत्सव समेत मनाएको छ ।








































