काठमाण्डौँ, १ मङ्सिर २०७६ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघले भारत र चीन दुवै देशबाट भएको सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शन गर्ने भएको छ ।
नेवि संघले प्रदर्शनको मुल नारा ‘ब्याक अफ इन्डिया–चाइना’ तय गरेको छ । आइतबार दिउँसो १२ बजे नेवि संघले भारत र चीन दुवै तर्फबाट भएको सीमा अतिक्रमण बिरुद्ध माईतीघर बृहत प्रदर्शन गर्ने भएको हो ।
नेवि संघले ‘बालुवाटार र खुला मञ्च त जोगाउन सकेनौं, हाम्रो सीमा पनि जोगाउन नसक्ने हो ?’ भन्दै नेपाल सरकार माथि समेत प्रश्न उठाएको छ ।








































