काठमाडौं, २९ कात्तिक २०७६ । पत्रकार अजयबाबु शिवाकोटीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) साहसी पुरस्कारबाट सम्मानित गरिएको छ । काठमाडौंमा गरिएको कार्यक्रममा शिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार ग्रहण गर्दै हाम्राकुरा डटकमका सम्पादकसमेत रहेका शिवाकोटीले आफुले पाएको पुरस्कारबाट २५ हजार रुपैयाँ बिहीबार मात्रै निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
इन्जाको नेपाल च्याप्टरले गरेको कार्यक्रममा मानवअधिकारवादी कृष्ण पहाडीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ ।








































