Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३०:२८ बिहान
- ADVERTISEMENT -

मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारी

प्रकाशित मिति: २०७६ कात्तिक २३, शनिबार

658
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् । नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् ।

मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् ।

‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहर समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘कात्तिक महिनाभरीको तलब खानुस्, त्यसपछि मंसिर १ गतेदेखि लागू हुनेगरी तुरुन्त राजीनामा दिनुस् भनेर निर्देशन दिनुभएको छ।’

यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिँदै थप बोल्न चाहेनन् ।

यस्तै प्रेस सल्लाहकार डा कुन्दन आर्याल पनि ‘पछिल्लो विकसित घटनाक्रमबारे मलाई केहीपनि थाहा छैन’ भन्दै पन्छिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली मुख्यतः प्रमुख सल्लाहकार रिमालसँग असन्तुष्ट छन् । उनले प्रधानमन्त्रीलाई सही सल्लाह नदिएको र सरकारको पक्षमा पनि सकारात्मक माहोल हुनेगरी काम गर्न नसकेको भन्दै ओली असन्तुष्ट छन् ।

सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गर्ने तथा परिणाम पनि दिन नसकेको भन्दै ओलीले केही समयअघि देखि नै रिमालको बहिर्गमन चाहेका थिए । तर उनले राजीनामा पनि नदिएको र अहिले मन्त्रिमण्डलको पनि हेरफेर गर्ने गृहकार्य हुँदै गर्दा सबैभन्दा पहिला सचिवालय  हेरफेर गर्ने निचोडमा प्रधानमन्त्री ओली पुगेका हुन् ।

सल्लाहकारदेखि सचिवालयका सदस्यहरुले केही दिनमै राजीनामा दिने बुझिएको छ । स्रोतका अनुसार त्यसपछि ओलीको नयाँ टीम खडा हुनेछ । जुन टीममा ओलीले हाल सचिवालय र सल्लाहकारको भूमिकामा ‘फिट हुने’लाई पुनः मौका दिन सक्ने सभावना रहेको पनि बताइएको छ । रातोपाटीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -