Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:११ दिउँसो
- ADVERTISEMENT -

कालापानी क्षेत्रमा २०१८ सालमै जनगणना गरिएको थियो: सञ्चारमन्त्री

प्रकाशित मिति: २०७६ कात्तिक २२, शुक्रबार

582
Shares

काठमाडौँ, २२ कात्तिक २०७६ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कालापानी क्षेत्र भारतमा पर्नेगरी भारतीय पक्षबाट एकपक्षीय रुपमा जारी भएको पोलिटिकल नक्शालाई अस्वीकार गर्ने बताउनुभएको छ ।

भारतीय पक्षबाट पोलिटिकल नक्शा जारी गर्दा नेपालको भूमि कालापानी क्षेत्रलाई समेटेको विषयमा सरकारको धारणा के छ ? भन्ने जिज्ञासा राखेपछि प्रवक्ता बाँस्कोटाले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सीमा क्षेत्रमा हुने विवादहरुलाई कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने समेत बताउनुभयो । उहाँले नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कालापानी क्षेत्रमा मात्र होइन अन्यत्र पनि सीमा सम्बन्धि समस्या छन् । तिनलाई कुटनीतिक र राजनीतिक पहलद्वारा ऐतिहासिक तथ्य, प्रमाणका आधारमा टुङ्गाइने छ ।”

उहाँले कालापानीको विषयमा सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेको चर्चा गर्दै भन्नुभयो, “नेपालको तर्फबाट कालापानी क्षेत्रमा २०१८ सालमै जनगणना र राजस्व संकलन गरिएका ऐतिहासिक तथ्यहरुका कारण त्यो भूमि नेपालसँग रहेको स्पष्ट छ ।” उहाँले सीमा समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक पहलकदमी लिएको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वभौमसत्तासँग जोडिएका विषयहरुमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वभौमसत्ताको रक्षा गर्नु सरकारको कर्तव्य र दायित्व हो । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले वक्तत्व जारी नै गरिसकेको छ ।”

अमेरिकी सरकारले नेपालको सुरक्षा संवेदनशीलतामाथि उठाएको प्रश्नका सम्बन्धमा प्रवक्ता बाँस्कोटाले आतंकवाद र आतंकवादसँग जोडिएका विषयमा बेखवर हुने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आतंकवादप्रति हाम्रो कडा नीति रहन्छ । आतंकवादप्रति स्ष्ट दृष्टिकोण, नीति र व्यवहार छ ।” उहाँले भन्नुभयो, “कुनै पनि प्रकारको आतंकवादलाई स्थान दिन सक्दैनौं । यो हाम्रो प्रष्ट राष्ट्रिय नीति हो ।”

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -