Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
२:०५:०९ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनमा उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आह्वान

प्रकाशित मिति: २०७६ कात्तिक २१, बिहीबार

541
Shares

काठमाडौँ, २१ कात्तिक २०७६ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

उपनिर्वाचनको तयारीबारे जानकारी दिन आज आयोग कार्यालय, कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उप निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोग प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले उपनिर्वाचनलाई सकेसम्म कम खर्चमा सम्पन्न गरिने जानकारी दिनुभयो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको बताउनुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन पर्यवेक्षणका लागि विभिन्न संस्थाबाट आवेदन प्राप्त भएको जानकारी दिनुभयो ।

उपनिर्वाचनमा उम्मेदवारको मनोनयनदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका उपनिर्वाचनसम्बन्धी सबै प्रक्रियामा आमनागरिकको उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आयोगले आह्वान गरेको छ ।

 

 

 

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन राजनीतिक दल, उम्मेदवार, मतदाता, सम्बन्धित निकाय तथा आमसञ्चारलगायत सबैसँग सहयोगको अपेक्षा पनि गरेको छ ।

 

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -