काठमाडौं, १७ कात्तिक २०७६ । नवील बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।









































