काठमाडौं, १७ कात्तिक २०७६ । सरकारले सातओटै प्रदेशका प्रदेशप्रमुखहरुलाई बर्खास्त गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
सोहीअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खन्ड (ख) बमोजिम प्रदेशप्रमुखहरुलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।









































