काठमाडौं, १५ कात्तिक २०७६ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । नेता थापाले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार ग्राण्डी अस्पतालमा हुनुभएको थियो । उहाको बुधबार र विहिवार मृर्गौंलाको डाइलासिस समेत गरीएको छ ।








































