बंगलादेश, १४ कात्तिक २०७६ । बंगलादेश प्रधामन्त्री शेख हसीनालाई कथित रुपमा मार्ने धम्कि दिने विपक्षि दलका नेतालाई जेलको सजाए सुनाइएको छ ।
एक कार्यक्रमको दौरान ज्यान मार्ने धम्कि दिएका विपक्षि दलका नेता गियासुद्धीन चौधरीलाई चित्तगोंग अदालतले तिन बर्षको जेल सजाय सुनाएको हो ।
चौधरी बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उपाध्यक्ष हुन् । अदालतले चौधरी माथि ५,००० बांग्लादेशी टाको जरिवाना पनि लगाएको छ । यदि उनले जरिवाना भर्न नसकेमा उनलाई अतिरिक्त तिन महिनाको जेल सजाय पनि थपिनेछ ।
पछिल्लो बर्ष २९ मे मा चौधरीले कथित रुपमा एक कार्यक्रमको दौरान भनेका थिए कि हसीनाको हालत उनका पिता भन्दा पनि नराम्रो हुनेछ । हसीनाको पिता र देशका संस्थापक बागाबंधु शेख मुजिबुर रहमान लाई १९७५ मा गोली हानि हत्या गरिएको थियो ।
अगिल्लो दिन सत्तासीन पार्टी अवामी लीग को फ्याटिक इकाई का महासचिव नजीमुद्धीन मुहुरीले बीएनपी नेताको कथित टिप्पणी लाई लिएर उनी विरुद्ध अदालतमा किटानी जाहेरी दिएका थिए । अदालतले त्यही बर्ष ३१ मे मा चौधरी विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । चौधरी सलाउद्धिन कादर चौधरीका कान्छा भाई हुन् ।








































