काठमाडौं, कात्तिक १३ गते । नेपाली क्रिकेट टिमको क्याप्टेन (कप्तान) मा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरिएको छ ।
पारस खड्काले कप्तान पद छाडेपछि नेपाल क्रिकेट संघका अन्तर्गतको प्राविधिक समितिको सिफारिसमा उहाँलाई कार्यवहाक कप्तानको जिम्मेवारी दिइएको हो ।
गएको असोज २८ गते पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए ।
संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले बताए । तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् ।
यसै गरी नेपाली क्रिकेट टिमको उपकप्तानमा दिपेन्द्रसिंह एैरीलाई नियुक्त गरिएको छ ।









































