Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५६:०० दिउँसो
- ADVERTISEMENT -

तिहारमा पाल्पाली ढाकाको व्यापार बढ्दो

प्रकाशित मिति: २०७६ कात्तिक १२, मंगलबार

928
Shares

पाल्पा, १२ कात्तिक २०७६ । तिहार र पाल्पाली ढाका टोपी एक अर्काको पर्याय जस्तै भएको छ ।

तिहार पर्वको अवसरमा दिदी बहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा तिहारमा बढी हुने गर्छ ।

तिहारको समयमा तानसेनका ढाका पसलहरुमा दाजुभाईको लागि टोपी, आस्कोट, टाई, किन्नेहरुको भिड हुने गर्छ ।

तिहारको टीकाको दिनमा दिदी बहिनीले दाजु भाइलाई ढाका टोपी दिने चलन छ भने दाजुभाइले पनि दिदि बहिनीलाई ढाकाकै पछ्यौरा, साडी, कुर्तासुरुवाल, ब्याग, लगायत उपहार दिने गर्छन् ।

तिहारको समयमा पाल्पाली ढाकाको माग अरु समयमा भन्दा बढि हुने गरेको स्थानीय डासुराम पन्थ बताउनुहुन्छ ।

पाल्पा घुम्न आउने आन्तरीक र बाह्य पर्यटकले ढाकाका सामग्रीलाई उपहार र मायाको चिनोको रुपमा लैजाने चलन छ ।

दशैंदेखि तिहारसम्म नै ढाकाका सरसमान बढि विक्री हुने गरेको छ । दशैंदेखि तिहारसम्मको अवधिमा एकलाख देखि ५ लाखसम्म ढाकाको व्यापार हुने गरेको व्यापारीहरुको भनाइ छ ।

तानसेनमा मात्रै हाल १० वटा ठूला खालका ढाका उद्योग छन् । जिल्लाभरी नै घरेलु तानबाट ढाका बुन्नेको संख्या दिनहु बढिरहेको छ । पाल्पामा एउटा ढाका टोपीको मुल्य एकसय रुपैयाँदेखी २५ सय रुपैयाँसम्म छ ।

अहिलेसम्म घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा २४ वटा पाल्पाली ढाका कपडा उद्योग दर्ता छन् जसमध्ये १९ वटा ढाका कपडा उद्योग क्रियाशील अवस्थामा छन् ।

मासिक ५ हजारदेखि २५ हजारसम्म कमाइ हुने ढाका बुन्ने कामदारहरु बताउँछन् ।

गत बर्ष १० करोडको हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यसबर्ष १२ करोडसम्मको कारोबार हुने ढाका उद्योगीहरुको अनुमान छ ।

२०१५ सालमा एउटा तानबाट शुरु भएको पाल्पाली ढाका अहिले देशकै गौरवको रुपमा परिचित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -