काठमाण्डौँ, १० कात्तिक २०७६ । हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो पर्व तिहार स्वदेश तथा विदेशमा रहेकाहरु मनाइरहेका छन् । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले पनि तिहार मनाउन ब्यस्त देखिएका छन् ।
उनले सबैमा तिहारको शुभकामना दिदै आफु पनि साथीहरुसँग मण्डला बनाउन ब्यस्त रहेको ट्विटर मार्फत बताएका छन् । उनले ट्विटरमा मण्डला बनाउदै गरेको, पालामा बत्ति बाल्दै गरेको र फुलको मालाहरुले आफनो निवास सिंगार्दे गरेको फोटोहरु पोस्ट गरेका छन् ।
‘घरमा मण्डला बनाउन आफु पनि टिममा समावेश भएको बताउदै फुल र बत्तिहरुले घर भिलिमिलि भएको बताएका छन्, राजदूत बेरीले ट्विटरमा भनेका ‘तपाईंहरु सबैले यो वर्षभरमा शुभेच्छा र आशीर्वाद पाउनुहुनेछ। दीपावलीको अवसरमा सबै नेपालीलाई शुभकामना’








































