बङ्गलादेश, ८ कात्तिक २०७६ । बग्लादेशको एक अदालतले १९ बर्षिय छात्रालाई जिउँदै जलाएर मार्ने दोषि १६ जनालाई मुत्युदण्डको सजाय सुनाएको छ ।
यो बर्षको अप्रिलमा भएको यो लज्जासपद घटना पछि पुरै देशमा आक्रोश फैलिएको थियो । यो घटनामा सोनगाजी इस्लामिया सीनियर फाजिल मदरसा का प्रधानाचार्य सिराजुद्दौला र १५ अन्य मानिसहरुलाई अदालतले दोषी सावीत गर्दे मुत्युदण्डको सजाय सुनाएको हो ।
यी मानिसहरुले मदरसे को छात्रा नुसरत जहां रफी लाई मटितेल हालेर जीवित जलाएका थिए । नुुसरतले प्रधानाचार्य विरुद्ध यौन उत्पीडन को आरोप लगाएकी थिइन ।
आक्रमणकारीले उनलाई कलेजको छपमा धोखा दिएर बोलाए र उनलाई प्रहरीमा दिइएको उजुरी फिर्ता लिन दबाब दिए । तर नुुसरतले इनकार गर्दा उनीहरुले उनलाई बाधेर मट्टितेल हालेर आगो लगाइदिए ।
आगोले उनी ८० प्रतिशत जलिसकेकी थिइन र पाँच दिन पछि १० अप्रिलमा उनको अस्पतालमा मुत्यु भयो । नुसरतको मुत्यु ले पुरै बांग्लादेशमा आक्रोश फैलियो र राजधानी ढाका मा कैयो दिनसम्म विरोध प्रदर्शन भयो । प्रधानमन्त्रि शेख हसीना ले जुन अवस्थामा भए पनि दोषिहरुलाई सजाय दिने बाचा गरीन ।
हिम्मतीली नुसरत न डराइन न त पछाडि हटिन
नुसरत को हिम्मत को कारण दोषीहरु बच्न सकेनन् । जब उनी पहिलो पटक यौन उत्पीडनको अभियोग लिएर प्रहरीमा गएकी थिइन तब उनलाई त्यहाँ बेवास्था गरिएको थियो । अनी उनलाई जिउँदै जलाइयो तर उनी आगो लागेको शरीर लिएर पनि छतबाट सिढिहरु ओर्लेर तलसम्म आइन । जब उनी एम्बुलेन्समा अस्पताल गईरहेकी थिइन तब उनले भाईलाई मोबाइलमा फोन गरेर आफु अन्तिम सास सम्म पनि न्यायको लागी लडिरहने बताएकी थिइन । अन्तत नुसरत सहि साबित भईन दोषीहरुले मुत्युदण्डको सजाय पाए ।








































