Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:५४ बिहान
- ADVERTISEMENT -

 “कुकुरबाट बलात्कार गराइयो” समाचारप्रति नेपाली सेनाको आपत्ति बिज्ञप्ति सहित

प्रकाशित मिति: २०७६ कात्तिक ७, बिहीबार

1571
Shares

काठमाडौँ, ७ कात्तिक २०७६ । द्वन्द्वकालमा एक युवतीको कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधवार एक विज्ञप्ति जारी गर्दै द्वन्द्व कालमा यौन हिंसा पीडित युवतीको बयान–कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति आपत्ति जनाएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेनाको छविमा आँच पु¥याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट प्रकाशित समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको छ’ ।

नेपाली सेनाले उपलब्ध कुकुरहरूलाई समाचार चारमा सम्प्रेषण भए बमोजिमको कार्यको लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको जनाउँदै भनेको छ, ‘समाचारमा उल्लिखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी परेको देखिँदैन ।’

साथै सेनाले विगतको द्वन्द्वका घटनाहरू सम्बन्धमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटक पटक प्रतिबद्धता व्यक्त भइरहेको स्मरण गराउँदै उक्त घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आव्हानसमेत गरेको छ ।

‘प्राप्त उजुरी उपर यथोचित छानबिन गरी सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध एवं तत्पर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -