गोरखा ६, कात्तिक । गोरखा सदरमुकामको हरमटारी चोक नाजिकै आज बिहान मोटरसाईकल र बस ठोक्किएर दुर्घटना भएको छ ।
सदरमुकाम स्थित रङशाला गेट अगाडी ग १६ प ४५६९ नम्बरको मोटरसाईकल र सोही दिशाबाट आउदै गरेको ना ६ ख ८८७ नम्बरको बस ठोक्एिर दुर्घटना भएको हो ।
नबलपरासीबाट बिधार्थीहरुलाई शैक्षिक भ्रमण लिएर गोरखा सदरमुकाम तर्फ आउदै गरेको बस, एउटै दिशा तर्फ आउदै गरेको मोटरसाईकलसंग ठोक्एिर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक सामान्य घाइते भएका छन् ।
बस र चालकलाई नियन्त्रण लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।








































