Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५८:४४ बिहान
- ADVERTISEMENT -

द्वन्द्वपीडित महिलाको बयान : ममाथि दुईवटा कुकुर छाडिए

प्रकाशित मिति: २०७६ कात्तिक ६, बुधबार

764
Shares

काठमाडौं , ६ कात्तिक २०७६ ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ बेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर, मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन।’ हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो ।

दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतरी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती। गोपनियता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो । जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो, सुन्नेहरुका आँखा रसाउँदै गए। बर्दियामा जन्मेकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन् ।

नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीकासाथ गाउँगाउँमा हिँडिन् | २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन् भन्ने खबर कान्तिपुर दैनिकमा छ । ‘सैनिकहरुले हामीलाई घरबाट लछार्दै निकाले । नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए,’ ती युवतीले भनिन् ।

त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो। ‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए ।’ कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन् । उनले सैनिकहरुबाट आफूमाथि अरु पनि धेरै पासविक व्यवहार भएको सुनाइन् । सेनाको कुटपिट र बलात्कारको कारण कपडामै दिसा चुहिएको उनले सुनाइन् । विज्ञहरुले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन् ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पीडित युवतीले भनेअनुसारको घटना भएको हो भने छानविन गर्न सेना तयार रहेको बताएका छन् । उनले सेना यस्ता घटनाको विरुद्धमा रहेको बताए। अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तालिम नलिई जनावरले मान्छेमाथि बलात्कार गर्दैन । यस घटनाले सेनाभित्र बलात्कारका लागि कुकुरहरु तालिम प्राप्त थिए भन्ने संकेत गर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -