अमेरिका, ४ कात्तिक २०७६ । नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ ।
आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ । आइतबार राती ९:३० बजे बाट आएको आँधिबेरी (टोरनेडो) ले एकलाख घरहरु प्रभावित भएका छन् । आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य मानवीय क्षतिबारे विवरण आइसकेको छैन ।
सोही क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ । सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।
सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् ।








































