बिबिसी, ४ कात्तिक २०७६ । अस्ट्रेलियाबाट प्रकाशित हुने पत्रिकाहरुको सोमबारको अंककको पहिलो पृष्ठ कालो छापिएको छ । सरकारको विरोधमा त्यहाँका पत्रिकाहरुले यस्तो कदम उठाएका छन् ।
देशका मिडियामा लगाम लगाउने कोशीषको विरोधमा सोमबार अस्ट्रेलियाबाट प्रकाशित पत्रिकाहरुको पहिलो पृष्ठ कालो छापिएको हो । अस्ट्रेलियाका अखबारहरुले सरकारको उक्त कानुनले जनतासम्म जानकारी पुर्याउन आफूहरुलाई लगाम लगाउने बताएका छन् ।
यस वर्ष अस्ट्रेलियाको एक ठूलो मिडिया समूह अस्ट्रेलियन बोर्डकास्टिङ कम्युनिकेसन (एबिसी) को मुख्यालय तथा एक पत्रकारको घरमा छापा मार्ने कदमको विरोधस्वरुप अस्ट्रेलियाका अखबारहरुले यस्तो कदम उठाएका हुन् ।
अखबारको यो ‘राइट टु नो कोइलिसन’ को त्यहाँका टिभी, रेडियो तथा अनलाइन समूहले पनि समर्थन गरेका छन् । अभियान्ताहरुले पछिल्लो दुई दशकमा अस्ट्रेलियामा यस्तो सुरक्षा कानुनले खोज पत्रकारितालाई खतरा पुर्याइरहेको बताएका छन् ।
सोमबार अस्ट्रेलियाका पत्रिकाहरुले आफ्नो प्रथम पृष्ठमा लेखिएका सबै शब्दहरुमाथि कालो पोतीदिएका छन् । र, त्यसमाथि एउटा रातो चिह्न राखेका छन् जसमा ‘सेक्रेट’ लेखिएको छ । ती पत्रिकाहरुले राष्ट्रिय सुरक्षा कानुनका कारण रिपोर्टिङमा अंकुश लागेको बताएका छन् । मुलुकमा गोपनीयता संस्कृति बनेको भन्दै चिन्ता प्रकट गरिएको छ ।
उता, अस्ट्रेलियन सरकारले आफू प्रेस स्वतन्त्रताको समर्थनमा रहेको बताउँदै कानुनभन्दा माथि कोही पनि नहुने जनाएको छ ।








































