काठमाण्डौ, २०७६ साल कात्तिक ३ गते आइतबार । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर-आवासीय नेपालीहरुलाई सकेसम्म स्वदेश मा आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैर-आवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि विविध क्षेत्रबाट योगदान गर्न आह्वान गर्नु भएको छ ।
भर्खरै सम्पन्न गैर-आवासीय नेपाली संघको नवौं अन्तरास्ट्रिय सम्मेलननबाट निर्वाचित पदाधिकारीलाई बालुवाटारमा आमन्त्रण गरि बधाई–शुभकामना दिनुहुदै उहाँले देशमा यसअघि कहिल्यैको भन्दा बढी भ्रष्टाचारका विरुद्धमा कार्वाहीचलिरहेको बताउनुभयो ।
सुशासनका दिशामा उल्लेखनीय कामहरु भइरहको बताउँदै उहाँले भन्नुभयो, ‘दुई वर्षपछि अर्को अधिवेशनका समयमातपाईंहरुले देशको मुहार निकै फेरिएको पाउनु हुनेछ ।’
गैर-आवासीय नेपालीहरुले नेपालमा सामाजिकजागरण फैलाउन र समाजलाई नै उधमशीलतार्फ द्रूतगतिका साथ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास आफूलाई भएको बताउँदै उहाँले भन्नु भयो, ‘अहिले तपाईंहरु गर्व गर्न सक्नु हुन्छ, अन्तर्राष्टिकय रुपमै नेपालको छवि माथि उठेको छ ।
‘गैरआवासीय नेपालीले परिचयपत्र पाउने छन, जसमा राजनीतिक अधिकार वाहेक सबै अधिकारहरु त हुने नै छन, हामी अझ बढी केही सुविधवा लगानी गर्न सहज हुने अधिकारहरु पनि समावेश गर्न चाहिरहेका छौं ।’उहाँले अगाडि भन्नु भयो, अरु देशमा काम गरिरहेको नेपालीहरुका लागि बसेको देशमा बढीभन्दा अधिकार सुरक्षितहोस, श्रमको रोजगारी मा जानेले कसरी अधिकार सुरक्षित र सुविधा कसरी हुन सक्छ भन्ने विषयमाध्यान पु¥याएर काम गरी रहेका छौं । त्यसैका लागि हामी विभिन्न देशहरुसँग श्रम सम्झौता गरिरहेका छौं ।
हामी आग्रह गर्दछौं, नेपाली बाहिर जानेभन्दा देशभित्रै बसेर देश बनाऔं । हामी त्यसरी फर्किएर आउनेहरुका लागि आवश्यक सुविधा प्रदान गर्न चाहन्छौ । तर बाहिर जाने नै हो भने पनि दक्ष भएर जानु पर्छ भन्ने कुरामा हामी जोड दिन चाहन्छौ, आवश्यक तालिम दिएर विदेश जान सुझाव दिन्छौ । बाहिर गएकाहरुबाट देश भित्र प्रविधि हस्तान्तरण हुन सकोस, यहाँका नेपालीहरुलाई तालिम दिन सरकार गैरआवासीय नेपालीहरुको संघसँग सहकार्य गर्न तत्पर छ । तालिम दिने संस्था सहकार्यमा खोल्न पनि सकिन्छ भन्नुभयो ।








































