Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:१३ दिउँसो
- ADVERTISEMENT -

बिपीले यसरी शुरु गर्नुभएको थियो ‘चियापान समारोह’

प्रकाशित मिति: २०७६ असोज २६, आइतबार

685
Shares

काठमाडौँ, २६ असोज २०७६ । नेपाली काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसले गरेको योगदान महत्वपूर्ण भएको बताएका छन् ।

दशै, तिहार र छठका उपलक्ष्यमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा गरेको चियापान कार्यक्रमलाई सम्वोधन गर्द ओलीले आफू र देउवा ४५ वर्षदेखिका साथीहरु भएको बताएका हुन् । देउवासँगै कांग्रेसका धेरै नेताहरु लोकतन्त्रका लागि लडेको उनले स्मरण गरे ।

‘देउवा र म विगत ४५ वर्षदेखिका साथी हौं, लोकतन्त्रका लागि सँगै लडेका छौं, सँगै जेल बसेका छौँ’ उनले भने ‘कमसेकम लोकतन्त्रका आधारभुत मान्यतालाई तलमाथि पर्न नदिने हाम्रो साझा एजेन्डा छ।’

अहिले दलहरुबीच सम्वन्ध राम्रो रहेको उनले दावी गरे। चाडवाडले राजनीतिक दलहरुको सम्वन्ध तथा सुव्यवस्था बढाउन मद्दत पुर्याउने उनले बताए। राम्रा कार्यमा मिलेर जुट्न यस्ता चाडवाडले सघाउ पुग्ने उनको भनाइ छ। परम्पराका नाममा नराम्रा आदतहरु हटाउनुपर्ने र असल कार्यहरुलाई अघि बढाउनुपर्ने उनले बताए।

वि सं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेस संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे तर तत्कालीन शासकका गुप्तचरहरुले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे ।

भेटघाट र जमघटका लागि अरु बेला कुनै अवसर पनि नहुने भएपछि दशैँको पूर्णिमाको दिन मेलमिलापको अवसर हुन्छ भनेर चियापान शुरु गर्नुभएको र पछि पार्टीले त्यसलाई निरन्तरता दिएको इतिहासकार बस्नेतको भनाइ छ ।

बिपीको निधनपछि पञ्चायत कालको अन्ततिर पनि लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञलगायत सबै एकै स्थानमा भेट्नलाई चियापान समारोहलाई अवसरका रुपमा लिइएको थियो । पछि अरु पार्टीले पनि काङ्ग्रेसले शुरु गरेको चियापान समारोहलाई पछ्याउँदै गएको उहाँले बताउनुभयो ।

चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा पनि सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ ।

काङ्ग्रेसले यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -