काठमाडौं, २६ असोज २०७६ । दुईदिने भ्रमण सकेर उहाँ १ः३० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको छ । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो ।
चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल र चीन सरकारबीच १८ ओटा समझदारीपत्र र दुई ओटा ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ । यसका साथै स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ ।
राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग आदानप्रदान गर्न सहयोग पुग्ने नेपाल सरकारले विश्वास लिएको छ । यस अर्थमा पनि सीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको थियो । सी को भ्रमण फलदायी भएको विश्लेषकहरुले जनाएका छन् ।
सोल्टी होटेलबाट विमानस्ठल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न बाटोको दुबै तर्फ नेपाल र चीनको झण्डा बोकेर सरकारी कर्मचारी, सर्वसाधरणहरुको बाक्लो उपस्थिति रहेको थियो ।








































