काठमाडौं, २५ असोज २०७६ । २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका हुन् ।
उहाँ चढेको विमान केहिबेर अघि विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
राष्ट्रपति सी सवार एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट अपरान्ह सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको छ ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गरेका छन् ।
राष्ट्रपति सी दुई दिने औपचारिक भ्रमणको लागि नेपाल आउनु भएको हो ।
चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् ।








































