काठमाडौँ, २५ असोज २०७६ । यस वर्षको मनसुन शनिबारबाट बाहिरिएको छ । यस वर्ष नेपालमा मनसुन ११५ दिनसम्म रहेर बाहिरिएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर औसतमा असोज पहिलो साता ९सेप्टेम्बर २३० बाहिरिने भए पनि विगत केही वर्षदेखि ढिलो गरी मनसुन बाहिरिने गरेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा १० दिन ढिलो सुरु भएको मनसुन औसतभन्दा १९ दिन ढिलो बाहिरिएको हो ।
यस वर्ष औसतभन्दा १० दिन ढिलो गरी जुन २० मा मनसुन प्रवेश भएको थियो । औसतमा पूर्वी नेपालमा १० जुनमा प्रवेश गरेको मनसुन काठमाडौंमा १२ जुनसम्ममा आइपुग्ने गरेको छ ।
तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ। मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ।
शनिबार बिहान देशको पहाडी भुभागमा आंशिक बदली र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ। तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार र सोमबार पनि पहाडी भु-भागमा आंशिक बदली रही बाँकि भु-भागमा मौसम सामान्यया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।








































