जापान, २५ असोज २०७६ । जापानमा आज र भोली आउदै गरेको “ताईफु २०१९” इतिहासमै सबैभन्दा ठूलो हुने अनुमान गरीएको छ ।
बिशेष गरी तोखाई क्षेत्र (नागोया,शिजुओका लगाएत) र खान्तो क्षेत्र (टोक्यो,साईतामा,चिवा लगायत अन्य) धेरै प्रभावित गर्ने सम्भावना रहेको छ ।
उक्त क्षेत्रमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरुलाई सावधानी अपनाउनुका साथै केही दिनको लागि आवस्यक पर्ने खाद्य सामाग्रीहरु पनि ब्यवस्था गरी राख्नुहोला ।
पोलहरु ढलेर लोडसेडिगं हुन सक्छ त्यसैले मैनबत्ती तथा ब्याट्रीवाला लाईटपनि किनेर राख्नु भयो भने राम्रो हुन्छ । साथै पानीको पाईपलाईन पनि काटीन सक्छ त्यसैले घरमा रहेका बोतल तथा अन्य भाडाहरुमा पानीको संग्रह गर्न पनि अनुरोध छ ।
ताईफुको समय बाहिर निस्कने वा घरको झ्याल खोल्ने काम गर्दै नगर्नुहोला । सानासाना बच्चाहरु भएको घरमा सिसाको झ्याल तथा ढोकाको आसपास पर्दा लगाउने तथा अन्य केही बस्तुहरु राखेर बच्चाबच्चीहरुलाई त्यस्ता ठाऊँ भन्दा परै राख्नुहोला ।
असावधानीले गर्दा घटना घटीसकेपछी पछुताउनु भन्दा पहिल्लै ध्यान दिईयो भने भवितव्यबाट थोरै भए पनि जोगीन सकिन्छ ।
आफु पनि साबधान रहौं अनि वरपर रहेका साथीहरुलाई पनि सावधान रहन अनुरोध गर्दछौं








































