काठमाडौं, असोज २४ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

आज शुक्रबार ६४ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यलयले आयोजना गरेको कार्यक्रममा बोल्नु हुदै प्रधानमन्त्री ओलीले उक्त  कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताउनुभएको छ “समाजमा शान्ति कायम गर्न, सुशासन कायम गर्न, सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका रहेको हुन्छ”, भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताउनुभएको छ । “आर्थिक उन्नति र विकासको अभियान सुरु भएको यस समयमा गलत मनशायका साथ हिंसाको बाटोमा लागेका र जनतालाई शान्तिसँग बस्न नदिनेहरु असंबैधानिक र देशद्रोही हुन्”  “उनीहरुका अगाडी सरकार मुकदर्शक बन्दैन । कानुन बमोजिम कार्यवाही हुन्छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अपराधमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिनुभएको छ । “गैर कानुनी काम गर्ने जुनसुकै पार्टीको र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुहोस”,  “तपाईंहरुले अरु कसैले भने अनुसार होइन कानुनले भने अनुसार काम गर्नु पर्दछ ।” ओलीले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको बार्षिक प्रकाशन ‘पुलिस मिरर –२०७६’ विमोचन गर्नुभएको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्