Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१०:१७:१९ बिहान
- ADVERTISEMENT -

बडादशैंको एकादशीका दिनमा पनि वर्षाले गर्दा मुलुकका केही स्थानमा असर पार्ने सम्भावना

प्रकाशित मिति: २०७६ असोज २२, बुधबार

654
Shares

काठमाडौं, २१ असोज २०७६ । बडादशैंको एकादशीका दिनमा पनि वर्षाले गर्दा मुलुकका केही स्थानमा असर पार्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बिहान सूचना जारी गर्दै महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको हो ।

पश्चिम बंगलको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा साथै पश्चिमी वायुको प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

हाल देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी तराईका भूभागमा सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना बिहीबार र शुक्रबारसम्मै रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार काठमाडौं, पोखरा, जुम्ला लगायतमा वर्षा भएको थियो । काठमाडौं उपत्यकामा बुधबार बिहानको मौसम पनि सहजै खुलेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -