काठमाडौँ, २२ असोज २०७६ । अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजया दशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् ।
नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका थिए ।
सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् । नेपालले बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो ।अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरेको थियो ।
नेपाली टोली गत बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको थियो ।









































