ललितपुर, २२ असोज २०७६ । ठेचोको नवदुर्गा नृत्य ४० वर्षपछि विजया दशमीको दिनमा पाटन दरबार क्षेत्रमा प्रर्दशन हुन लागेको छ ।
लिच्छवीकालिन नवदुर्गा नृत्यमा ११ जना देवी देवताहरुको मुखुण्डो लगाएर नाच प्रदर्शन गरिन्छ ।
ठेचोको नवदुर्गा मन्दिरमा पूजा आजा सम्पन्न गरेर पाटनस्थित दरबार क्षेत्रमा रहेको मानमानेश्वरी मन्दिरमा पूजा गर्ने चलन रहेको छ ।
सो नृत्य साँझदेखि रातभर नचाउने चलन रहेको नवदुर्गा भवानी गुठीका अध्यक्ष प्रशान्त मालीले बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले माैलिक नृत्यलाई निरन्तरता दिन स्थानीय निकायकाे पहलमा जात्रा हुन लागेकाे जानकारी दिनुभयाे ।








































