काठमाडौं, २१ असोज २०७६ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रेन्डी बेरीले नेपालीहरुको महान चाड बडा दशैंको टीका ग्रहण गरेका छन् । बेरीले शुभ साइतमा टीका लगाएका हुन्।
टीका लगाउने क्रममा उनले ढाकाको टोपी पनि लगाएका छन् । बेरीले दुतावासका कर्मचारीलाई टिका लगाइदिएका थिए । टिका जमरा ग्रहण गरेका थिए । त्यस्तै दुतावासको सबै देशी तथा विदेशी कर्मचारीहरु पनि नेपाली दौरा, सुरुवाल, चोलो फरिया लगायतका नेपाली पोशाकमा सजिएका थिए ।
बेरीलेले नेपालीमा शुभकामना सन्देश पनि दिएका छन् । उनले आफनो फेसबुक पेजमा लेखेका छन् ।
“तपाईंहरूको जीवन शुभआशिष, खुशी, मुस्कान, शान्तिले भरियोस्। नेपाल र विश्वभर यो अवसर मनाइरहनुभएका सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। राजदूत बेरी र मिशन उपप्रमुख मिक्कलेरले मिशन परिवारसँग यो शुभअवसर कसरी मनाउनुभयो भन्ने केही तस्वीरहरू यहाँ छन्।”








































