Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४४:४४ बिहान
- ADVERTISEMENT -

सरकार भ्रष्टाचार विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने : प्रधानमन्त्री

प्रकाशित मिति: २०७६ असोज २१, मंगलबार

746
Shares

दमक, २१ असोज २०७६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख नहेरिने बताउनुभएको छ । उहाँले यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोहीलाई कारवाही गर्ने बताउनु भएको हो । तपाईहरुले देख्दै र सुन्दै आउनुभएको छ जस्तो सुकै हैसियतमा भए पनि हामी कसैलाई छाड्दैनांै ।

झापाको दमकमा आफैले आयोजना गर्नु भएको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार भ्रष्टाचार विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउनुभयो । आचरण र ब्यवहार बिगार्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छाडिदैन, उहाँले बताउनुभयो । सरकारले केहि गरेन भनेर कुरा काटने जमातलाई भन्दा आफूहरू काम र जनताको पीरमार्कालाइ केन्द्रमा राखेर काम गर्दै आएको पनि ओलीले बताउनुभयो ।

ओलीले एकबर्षमा यो सरकारले देशभर १६ सय किलोमिटर सडक कालोपत्रे गरेको बताउनुभयो । यतिधेरै कालोपत्रे कुनै सरकारले एक बर्षमा यो भन्दा अघि गरेको भए त्यो कसैले देखाए हुन्छ, उहाँले भन्नुभयो । एकबर्षको अवधिमा चार सयभन्दा बढि खोलामा पुल बनेको भन्दै केहि भएन भन्नेहरूलाई कसैगर्दा पनि नहुने उहाँको भनाइ थियो ।
आँधिहुरीबाट घर गुमाएका आठ सयभन्दा बढिलाई सरकारले छ महिनामा पक्की घर बनाएर दिएको भन्दै यस्तो छिटो गतिमा सरकारले अहिलेसम्म इतिहासमा कहिल्यै पनि काम नगरेको दाबी गर्नुभयो । गरिब, निमुखाहरूको सरकार भएकाले उनिहरुको पक्षमा तीब्र रुपमा काम भइरहेको छ, उहाँको भनाइ थियो । जो सम्पन्न र सुविधाभोगि छन् उनिहरूको पक्षमा काम नभएकै हो, उहाँको भनाइ थियो ।

उहाँले धार्मिक सहिष्णुता तथा चाडपर्वप्रति बितृष्णा सिर्जना गर्ने तत्वहरू समेत सक्रिय रहेको भन्दै यस बिषयमा सचेत हुन पनि आग्रह गर्नुभयो । दशैं नेपालीहरूको सबैभन्दा महत्वपूर्ण र विशेष चाड भएको भन्दै यो हरेक नेपालीहरुको पहिचान भएको समेत उहाँले बताउनुभयो । त्यहि भएर नै अन्य चाडभन्दा यो चाडमा विदा पनि धेरै भएको हो, उहाँले भन्नुभयो ।
कार्यक्रममा उपसभामुख डा.शिवमाया तुम्बाम्फे, प्रदेश–१ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नेपाल सरकारका महान्याधिवक्ता अग्नि खरेल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायत पनि सहभागि रहनुभएको थियो । कार्यक्रममा संघस्थाका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता एवं कार्यकर्ता लगायत सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो । २५ बर्ष अघिदेखि लगातर नवमीको दिन झापाको बिर्तामोडमा आफ्नै खर्चमा गर्दै आउनु भएको यो कार्यक्रम पहिलो पटक गृह नगर दमकमा गर्नुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -