काठमाडौं, १६ असोज २०७६ । नेकपाका नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गर्ने पत्रकार अजयबाबु शिवाकोटीमाथि गम्भिर सुरक्षा चुनौति देखिएको छ
सिवाकोटीले संचालन गरेको हम्राकुरा डट कम बाट यो काण्ड को पर्दाफास गरे संगै उनलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको बताइएको छ ।
समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र नि*गरानी गर्दै आएका केहि समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको सिवाकोटी ले केहि अन्तरबार्ताहरुमा बताएका छन् ।
बानेश्वरका दुई रेष्टुरेण्टमा मंगलवार र बुधबार केहि समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक शिवाकोटीमाथि क्षति पुर्याउने नियतका साथ योजना बनाएको समेत सिवाकोटीले दाबी गरेका छन् ।
ती दुई रेष्टुरेण्टमध्ये एक सत्तारुढ नेकपाकै सांसदको समेत भएको स्रोतले जनाएको छ। समाचार सार्वजनिक हुनुअघि नै निवर्तमान सभामुख महराले समाचार प्रकाशित नगर्न दवाव दिएका थिए । उनले विभिन्न व्यक्तिहरुलाई समेत लगाएर समाचार रोक्ने आ*शयले कुरा गराएका थिए। उनीहरु पनि घटनाको वास्तविकता थाहा पाएपछि पछि हटेका थिए।
घटनाको विषयमा महराकै प्रतिक्रिया लिने क्रममा उनीसँग कुरा भए लगत्तै समाचार रोकाउन उनले विभिन्न व्यक्तिहरुलाई परिचालित गरे सिवाकोटीले बताएका छन् । समाचार सा*र्वजनिक भएकै दिन पनि मोटरसाइकलमा पछ्याइएको कारण घरसमेत जान नसकेका सम्पादक शिवाकोटी सो रात अन्यत्रै सुरक्षित स्थानमा बसेका थिए ।








































