काठमाण्डौँ, २४ असोज २०७६ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामाको तयारी गरेका छन् ।
महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डसँगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् । गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि महराले राजीनामा दिने मनस्तिथिमा पुगेका हुन् ।
आरोपबारे सत्यतथ्य छानबिन गर्नका लागि प्रचण्डले महराको सहयोग आवश्यक पर्ने बताएका थिए ।
महरामाथि लागेको आरोपका विषयमा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा (बादल) सँग पनि बुझेका छन् ।
सभामुखबारे कस्तो निर्णय लिने भनेर छलफलका लागि अध्यक्ष प्रचण्ड र अर्को अध्यक्ष तथा प्रधानमन्त्री कपी शर्मा ओली बिच बालुवाटारमा छलफल भईरेको स्रोतले जनाएको छ ।
यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीले महराले आइतबार राति आफ्नो बानेश्वरस्थित डेरामा जबर्जस्ती करणी गरेको भन्दै सार्वजनिक मिडियामार्फत आरोप लगाएकी छन् । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।
यद्यपि महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन् ।







































