Opens in a new tab
२०८३ मंसिर १, सोमबार
९:५५:३६ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीद्वारा खुला दिसामुक्त राष्ट्र घोषणा

प्रकाशित मिति: २०७६ असोज १३, सोमबार

613
Shares

काठमाडौँ, १३ असोज २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्दै यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सवलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरिबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने  जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध कार्यक्रमका साथ अगाडि बढेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडी बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन । आफैले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदन अगाडि बढेको छ । नयाँ नेपाल यसैगरी बन्ने हो ।”

उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालेको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाईमा पुगिएको बताउनुभयो । यस घोषणाबाट मानिस निरोगी हुने, स्वास्थ्य उपचारमा हुने खर्च घट्ने, संक्रामण रोग कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताउनुभयो ।

“हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुने नदिने संकल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्र्छाै । अब समग्र सफाइ, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिषाबले नेपाल चिटिक्क छ ।” उहाँले भन्नुभयो, “सिगैँ नेपाललाई चिकिक्क बनाउने । बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।”

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह, ७७ जिल्लाहरुले गरेको खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपालललाई खुला दिसामुक्त घोषणा गर्नुभएको थियो । साथै उहाँले सन् २०३० सम्म दीगो विकासको लक्ष्य पूरा गर्ने संकल्पन पनि गर्नुभयो । घोषणापछि कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्ड फहराउँदै तालीको घडगडाहटले स्वागत गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -