काठमाडौं, १२ असोज २०७६ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ज्ञानेन्द्र शाही माथि कुटपिट गर्नेहरू कायर भएको बताएका छन् ।
शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले माइक्रो बसभित्रै शाहसहित तीनजनामाथि कुटपिट गरेपछि गगनको यस्तो प्रतिक्रिया सामाजिक सञ्जालमा आएको हो ।
उनले सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने भन्दा कुट्नका लागि उनीहरूलाई उक्साउनेहरू मुख्य दोषी रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् “ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने विचरा कायर हरुका बारेमा के टिप्पणी गर्नु ? याे कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसंग माग्नुपर्छ ।”
टाउकोमा चोट लागेका शाहीको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोमा उनलाई थप उपचारका लागि विमानबाट काठमाडौं ल्याइएको छ । भष्टाचार अभियन्ताका रुपममा चिनाउँदै आएका ज्ञानेन्द्र शाहीले सरकारको बारेमा खरो बिरोध गर्दै आएका छन् ।








































