Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:११ बिहान
- ADVERTISEMENT -

नौबिसे–नागढुंगा सडक,जामका कारण काखमै छोरा गुम्यो

प्रकाशित मिति: २०७६ असोज ११, शनिबार

609
Shares

काठमाडौं, ११ असोज २०७६ । गोर्खा बारपाक सुलिकोट ७ धारापानीका ६० वर्षीय अम्बरबहादुर भट्ट गोरु चराउन जाँदा भिरबाट लडेर गम्भीर घाइते भए।

एम्बुलेन्समै मुग्लिङ ल्याइएका अम्बरलाई काठमाडौं लैजान सवारी जाम छिचोल्न सक्ने अवस्था नदेखेपछि चितवन लगिएको छ। धादिङ, गोरखा, लमजुङ आदि स्थानबाट आएका एम्बुलेन्स पनि चितवनको भरतपुर लगिएको छ।

कति बेला उनले छोरालाई काखमा सुताउँथिन् । कति बेला पछ्यौरीले गुटुमुटु पार्थिन् । कति बेला भोकप्यास लागे–नलागेको सोध्थिन् । मिर्गौलाको उपचारका लागि छोरालाई काठमाडौं लैजाँदै गरेकी रौतहटको गरुडा नगरपालिका ८ की सिर्जनदेवी साहले बिहीबार राति बसमा आँखा झिम्म पनि गर्न पाइनन् । बिरामी छोरालाई लिएर काठमाडौं हिँडेकी उनले जामका कारण हस्पिटलसमेत पुर्‍याउन पाइनन् । काखको काखमै छोरा गुमाउनुपर्‍यो ।

काठमाडौंमा छोराको उपचार गराउँला र उसैमार्फत आफ्नो भविष्य सपारौंला भन्ने उनको उद्देश्य पूरा हुन पाएन। ३५ वर्षीय छोरा रुपलाल साहलाई थप उपचारका लागि काठमाडौं लैजान सिर्जनदेवी रौतहटबाट बिहीबार साँझ ना ७ ख ५३६४ नम्बरको बस चढेकी थिइन्। आमाछोरासहित यात्रु लिएर हिँडेको बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे–२ हुलाकडाँडामा शुक्रबार बिहान जाम छिचोल्न नसक्दा रुपलालको मृत्यु भएको हो।

जनकपुरमा दुवै मिर्गौला फेल भएर गम्भीर बिरामी भएका साहको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिँदै थियो। यसअघि पनि सुमेरु अस्पतालमा उनको उपचार गराइएको थियो। मध्यरातमा थाक्रे–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठोक्किएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववबेंसी बजारनजिकै हुलाकडाँडामै जाममा फसेको थियो।

जाममै रहेका बेला बिहान ३ बजेतिर बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात् गम्भीर बनेपछि चालक र यात्रुले एम्बुलेन्स खोज्दै थिए। तर बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले जानकारी दिए।

‘जहाज चढ्ने रकम छैन, रौतहटबाटै एम्बुलेन्स भाडामा लिने अवस्था पनि नभएकाले बसमा आएका हौं,’ आमा सिर्जनदेवीले भनिन्, ‘एम्बुलेन्स पनि बसभन्दा धेरै महँगो हुँदो रहेछ। त्यसैले सबैको सल्लाहले नाइट बस समातेका हौं।’

एम्बुलेन्स नै ल्याएको भए पनि जामका कारण बाटो छिचोल्न गाह्रो रहेको उनको भनाइ छ। कैयौं एम्बुलेन्स साइरन बजाउँदै त्यही बाटोमा फसेको देखेको सिर्जनदेवीले बताइन्।

बसको सिटमै मृत्यु भएपछि यात्रुले महादेवबेंसीस्थित प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाई रामबाबु साह पनि घटनास्थल आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ।

दसैंका बेला सवारीसाधनको चाप बढेसँगै सडक मर्मत थालिएपछि पृथ्वी राजमार्गको धादिङ–नागढुंगा खण्डमा लामो जाम हुन थालेको छ। असारमै सक्नुपर्ने सडक मर्मतको काम बल्ल आएर सुरु भएको छ। राजमार्गमा ३० किलोमिटरसम्म जाम हुने गरेको छ। कान्तिपुरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -