काठमाडौं, १० असोज २०७६ । नागढुङ्गा–नौबिसे सडकखण्डको जाममा परेका एक यात्रीको मृत्यु भएको छ ।
रौतहटबाट उपचारका लागि काठमाडौं आउँदै गरेका रौतहटको गरुणा नगरपालिका–८ का ३५ वर्षीय रुपलाल साहको आज बिहान पृथ्वीराजमार्गस्थित महादेवबेँसी बजारमा जाममा परेको बेला मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ।
ना ७ ख ५३६४ नम्बरको बसमा रहेको प्रहरीको भनाइ छ। मृगौला पीडित साह लामो समय जाममा बस्नु परेकोले निधन भएको जनाइएको छ।
शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो। नौबिसे–नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ।








































